नयाँ वर्ष इसं २०११ को शुभकामना आदानप्रदान सहित बागलुङ सहायता कोष (BAT) पोर्चुगलले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम पोर्चुगलको राजधानी लिस्वनमा अवस्थित रमणिय अल्भलादे पार्कमा भब्यतापुर्बक सम्पन्न भएको

प्रतिकुल मौसम, रिमझिम वर्षाको बावजुद कार्यक्रममा बागलुङवासी तथा नेपालका अन्य विभिन्न भेगबाट समेत पोर्चुगलमा वसोवास गरेका प्रवासी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नयाँ स्वादिष्ट भोजनका परिकारहरु सहित लोक दोहोरी, आधुनिक, पप गीत तथा नृत्यहरु सहित झरिको रिमझिमसंगै सहभागीहरु कम्मर मर्काएर नाच्दा डिग्री भन्दा कम तापक्रममा समेत उष्णता पैदा भएको महसुस गरेका थिए सवैले

एनआरएन, आईसीसी सदस्य मकर हमाल, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, एनआरएनका का.वा. अध्यक्ष भीम के.सी. कमल, नेपाली समाजका अध्यक्ष पदम तुलाचन, कला संस्कृती तथा साहित्य संचार  परिषदका अध्यक्ष कुमार श्रेष्ठ, एनडिएफका अध्यक्ष वाला वि.क, जनसम्पर्क समितीका कार्यवाहक अध्यक्ष राजकुमार गौतम, मगर संघ पोर्चुगलका अध्यक्ष रन वहादुर थापा, शेर्पा किदुग पोर्चुगलका संस्थापक पेम्बा शेर्पा, पोर्चुगल नेपाल मैत्री संघका महासचिव झलक केसी, बागलुङ सहायता कोषका संयोजक सूर्य हमाल, कोषका अध्यक्ष कुविर मल्ल सहित सम्पूर्ण पदाधिकारीहरु, स्थानिय पत्रकार, व्यवसायी लगायत उपस्थित सम्पूर्ण सहभागीहरुले एक आपसमा परिचयको आदान प्रदान गर्दै नयाँ वर्ष ईसं २०११ को शुभकामना आदान प्रदान गरेका थिए

साँझ .३० सम्म चलेको उक्त कार्यक्रममा विभिन्न दाताहरुले कोषलाई सहायता स्वरुप स्वेच्छिक चन्दा सहयोग समेत प्रदान गरेका थिए अन्तमा कोषका अध्यक्ष कुविर मल्लले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरु, चन्दादाता, स्वयँसेवक, खाना तयार गर्ने सेफहरु कोषका शुभचिन्तक सवैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो

- निर्दोष के सी
लिस्बन,पोर्चुगल