संयुक्त राज्य अमेरिकाको न्यु योर्क राज्यमा सन २००६ मा स्थापना भएको नाफारहित गैह् राजनितिक संस्था UNITED NEPALESE DEMOCRATIC FORUM ले मानव अधिकारको रक्षा नेपाली संस्कृतिको जर्गेना गर्दै नेपाल तथा अमेरिकामा रहेका नेपालीहरुलाई आफनो क्षमता अनुसार सहयोग गर्दै आईरहेको साथै विभिन्न समयमा रक्तदान कार्यक्रम गरि अमेरिकी रेडक्रसलाई समेत सहयोग गर्दै यस राज्यमा क्रियासिल भई रहेको तपाई हामीलाई सर्वविधितै छ । आज यस संस्था आफनो कार्यकालको पाँचौ वर्षमा आईपुग्दा आफनो दोस्रो साधारण सभाको संधारमा आइपुगेका कुरा तपाईहरुलाइ जानकारी गराउन पाउदा हामीले गौरव महसुस गरेका छौ।
UNDF को Oct. ३१ २०१० गते सम्पन्न भएको सत्रौ कार्यकारणी समितिको बैठकको निर्णय वमोजिम आगामि March १३ २०११ को दिन यसै न्यु योर्कको Queens सहरको woodside स्थित सगरमाथा रेष्टुरेन्टमा हामो गोरवमयी संस्थाको दास्रो सधारण सभा गर्ने निर्णय भइ Feb ०६ २०११ गतेको अठारौ वैठकले उक्त साधारण सभालाई भव्य रुपमा सम्मन्न गर्नको लागि तपसिल बमोजिमको विभिन्न ४ वटा समितिहरु गठन गरेको समेत जानकारी गराउन चाहन्छु ।
१. आर्थिक समितिः
सन्जय थापा संयोजक
विराट अधिकारी सदस्य
केशव लामा सदस्य
अर्जँन सिह सदस्य
लक्यन लामा सदस्य
२. प्रचार प्रशार समितिः
सिता खरेल संयोजक
पेम्वा लामा सदस्य
बिन घले सदस्य
सोमेन्द्र रंजित सदस्य
राधाकृष्ण देउजा सदस्य
३. व्यवस्थापन समितिः
टेक गुरुड संयोजक
फुरी शेर्पा सदस्य
बिधा वराल सदस्य
अमृतलाल श्रेष्ठ सदस्य
रोशन गुरुड सदस्य
४. बिधान नियमावलि संसोधन मस्यौदा समितिः
दुर्गा भुर्तेल संयोजक
बाबुराम देवकाटा सदस्य
भिमलाल पन्त सदस्य
कुन्ती थापा सदस्य
लिला अधिकारी सदस्य
शैलेष श्रेष्ठ सदस्य
मंगलदास श्रेष्ठ सदस्य
अन्तमा हामी यस न्यु योर्क राज्यमा रहनु भएका सम्पूर्ण न्याय प्रमी सामाजिक भावना भएका आदरणिय नेपाली दाजु भाई दिदी वहिनीहरुलाई यस सस्थाको नियमपुर्वक सदस्यता ग्रहण गर्नको लागि हार्दिक आवहान गर्दछौ "आउनुहोस हाम्रो सामाजिक भावनामा हातेमालो गरौ मानव मात्रको हित रक्षको खातिर कृयासिल वनौ" ।
नया सदस्यता प्राप्त गर्ने र पुराना सदस्यहरुको नविकरण गर्ने समय हामीले साधारण सभाको बन्द सत्र सुरु हुनु पुर्व सम्मको समय निर्धारण गरका छौ र साधारण सभाको उद्धाटन समारोहमा हामी सम्पूर्ण संस्था तथा न्यायप्रेमी जनसमुदायलाई हार्दिक आमन्त्रण पनि गर्दछौ । उद्धाटन समारोहको कार्यक्रम निम्न वमोजिम हुने छ ।
मितिः मार्च १३, २०११
समयः दिनको १२:०० वजे
स्थानः Sagarmatha Restaurant
62 - 02, Roosvelt Avenue,
Woodside, NY 11377
सन्जय थापा
महासचिव
UNDF, NY Feb. १९, २०११