Scrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image Generator

Saturday, June 25, 2011

सुकर्मको सुमधुर संगित कोपनहेगनमा गुन्जिने।

भीम के सी कमल

कोपनहेगन, २५ जुन



लोक तथा शास्त्रीय संगीतको सुमधुर संयोजनको निमित्त प्रशिद्ध लोकपृय संगीत समुह सुकर्मको सांगीतिक प्रस्तुतिले युरोपकै शान्त र सम्बृद्ध शहर कोपनहेगन गुन्जायमान हुने भएको छ।

Redefining Nepali Folk & Classical Music भन्ने नारासंगै नेपाली संगीतको बिश्वब्यापीकरण गर्ने अभियानका साथ युरोप भ्रमणमा निस्केको सुकर्म ब्याण्डले डेनमार्क भन्दा अघि स्विजरल्याण्ड, इटली, जर्मनी, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा आफ्नो प्रस्तुति देखाइसकेको छ।

Skolemad til Nepal को आयोजना, कोपनहेगनमा अध्ययनरत नाट्यकर्मी युबराज घिमिरे र केदार दाहालको संयोजन र डेनमार्क स्थित बिभिन्न संघसंस्था र निकायहरुको सहयोगमा यहि जुन २७ तारिख साँझ ८.०० बजे देखी Batida Theatre, Rentemestervej 25 ST, 2400 कोपनहेगनमा प्रारम्भ हुने उक्त सुमधुर सांगीतिक साँझमा उपस्थित भै दिनु हुन सम्पुर्ण संगीतप्रेमी महानुभाबहरुमा आयोजकहरुले आग्रह गरेका छन्।

सुप्रशिद्ध सितारबादक डा ध्रुवेशचन्द्र रेग्मीको सितार, श्याम नेपालीको सारंगी र प्रमोद उपाध्यायको तबलाबादन रहने उक्त कार्यक्रममा सुकर्मले नेपाल र बिश्वभरि नै रुचाइएका आफ्ना लोक, आधुनिक तथा फ्युजन धुनहरुको आकर्षक प्रस्तुति गर्ने भएको जानकारी प्राप्त भएको छ।