Scrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image Generator

Tuesday, December 13, 2011

बेल्जियममा एक नेपालीको अस्पतालबाट जिवनको याचना

कृष्ण तिवारी, ब्रुसेल्स - कास्की जिल्ला पोखरा उपमहानगरपालिका -१ स्थायी ठेगाना भै विगत ११ वर्ष सन २००० देखि Ch. de LOUVAIN-181, 1210 बेल्जियममा बसोबास गर्दै आउनु भएका वर्ष ७४ का मान बहादुर गुभाजु गत २१ अगष्ट २०११ का दिन कृष्ण जन्माष्टमी पर्व मनाउन वेल्जियमको राधा मन्दिर दुर्बेमा जांदा अकस्मात विहोस भै लडि बिरामी परि अस्पताल भर्ना भै निरन्तर रुपमा अहिले सम्म पनि अस्पतालमा उहांको स्वास्थ्य स्थिति गम्भिर अबस्थामा छ । विरामी अहिले पनि ब्रसेल्सको बुर्गमान अस्पतालमा अचेत अवस्थामा रहि रहनु भएको र उहांको परिवार श्रीमतिको भाषागत कमि र समस्या कारणले सबै बेल्जियमबासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा आपसी भेटघाट सदभाव साहनुभुति र सान्त्वना दिनका लागि हामी बेल्जियम बासी नेपालीहरुले उहां र उहांको परिवारलाइ भेटघाट गरी नेपाली सदभाब सहयोग र सुखदुखको साटा साट गर्न र दिनको लागी अस्पतालको निम्न ठेगाना HOSPITAL BRUGMANN ,Place arthur van Gehuchten-2,1020 वा वहाको परिवार श्रीमित यशोदा गुभाजुलाई ०४८९३७३८५५मा संम्पर्कका लागि सबै नेपालीहरुमा हार्दिक हुन अनुरोध गरिन्छ ।