Sunday, January 15, 2012
एन आर एन स्पेनको क्षेत्रिय समिति गठन
स्पेनको राजधानी म्याड्रिड शहरमा एन आर एन आईसीसी पुष्प राज तिमिल्सिना साथै एन आर एन स्पेनका अध्यक्ष अर्जुन प्रसाद काफ्लेको उपस्थितीमा ज्ञानेन्द्र खरेलको अध्यक्षतामा पछी २ थप्ने गरि १३ सदस्यिय क्षेत्रिय समिति गठन गरिएको छ ।
उक्त कार्यक्रममा एन आर एन स्पेनका गतिविधीको बारेमा समितिका अध्यक्ष अर्जुन प्रसाद काफ्लेले प्रकास पार्नु भएको थियो भने एन आर एन आईसीसी पुष्पराज तिमिल्सिनाले प्रमुख अथितीको आसनबाट बोल्नु भएको थियो ।
कार्यक्रम सन्चालन शिव राज सिग्देलले गर्नु भएको थियो भने स्वागत मन्तब्य राम कृष्ण पुडासैनीले राख्नु भएको थियो । करिब ५० जनाको उपस्थिती रहेको उक्त कार्यकरम अत्यन्तै सौहद्पुर्ण वातावरणमा सम्पन्न भयको थियो ।
क्षेत्रिय समितिमा अध्यक्षमा ज्ञानेन्द्र खरेल, उपाद्यक्षमा भरत राज सिग्देल, सचिवमा शिव राज सिग्देल ,कोसाद्यक्ष जुनु बानिया सदस्य मा राम कृष्ण पुडासैनि, जनक थापा, सुदिप अर्याल, धर्म कंडेल, मन्जु न्यौपाने, सन्दिप मोहन भट्टराई, अजय रायमझी, लता पौडेल सबैलाई एन आर एन स्पेन अध्यक्ष अर्जुन प्रसाद काफ्लेले बधाइ तथा शुभकामनको साथ् मा कार्यकाल सफलताको कामना गर्नु भएको थियो । अन्तमा क्षेत्रिय अध्यक्ष ज्ञानेन्द्र खरेलले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
Subscribe to:
Comments (Atom)