अधिबेशनले चोलाकान्त अर्यालको अध्यक्षतामा सोह्र सदस्यीय क्षेत्रीय समितिको चयन गरेको छ। समितिको उपाध्यक्षमा थमन काउछा, सचिबमा ठाकुर प्रसाद गुरुङ, सहसचिबमा बिशाल अर्याल, कोषाध्यक्षमा पूजा थापा र सदस्यहरुमा क्रमस: श्रीमती आशा खनाल, श्रीमती कुमारी राना मगर, श्रीमती सबिना पाण्डे , श्रीमती नितु के सी, श्रीमती गीता पोख्रेल, सन्त बहादुर राउत, बिजय सुबेद , राजन प्रसाद बस्याल, जंग बहादुर गुरुङ (बिकाश ), शिव थापा र श्रीमती बिहाफी महतो रहनु भएको छ ।
सोहि अधिबेशनले प्रल्हाद थापा, पुष्प राज गुरुङ, नरेन्द्रनाथ ढकाल, रेशम राना मगर, सरोज पुन, नारायण सिंह थापा रहेको छ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ। शिव थापाको संचालन र जन सम्पर्क समिति पोर्चुगलका केन्द्रीय उपाध्यक्ष दिनेश शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनसम्पर्क समिति पोर्चुगलका कार्यवाहक सभापति राज कुमार गौतमले पठाउनु भएको शुभकामना संदेश पढेर सुनाईएको थियो।
ठाकुर गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा टोम प्रसाद भट्टराईले जनसम्पर्क समितिका बिबिध कार्यक्रमहरु बारे प्रकाश पार्नु भएको थियो भने नवागन्तुकहरुको तर्फबाट श्रीमती सबिना पाण्डे र राजन बस्यालले मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको अन्त्यमा दिनेश शर्मा र रामशरण महतोले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
No comments:
Post a Comment