Scrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image Generator

Saturday, July 30, 2011

जन-सम्पर्क समितिद्वारा स्पेन सरकारलाई ज्ञापन-पत्र हस्तान्तरण

जन-सम्पर्क समिति स्पेनद्वारा कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री (Director de Imigracion de Generalitat de Catalunya) मार्फत स्पेन सरकारलाई एक ज्ञापन-पत्र बुझाइयो।
(१) एक वर्षसम्म स्पेनमा पाड्रोनामिएन्तो गरेर बसेका बिदेशीहरुले ट्याक्समा काम गर्ने अनुमती पाउनु पर्छ।
(२) यसरी ट्याक्समा काम गरेका ब्यक्तिहरुले २ वर्षसम्म यहाँको सरकारलाई ट्याक्स तिरेर काम गरेको खण्डमा अराईगो मार्फत ३ वर्ष पछि यहाँको रेसिडेन्ट कार्डका लागि पेपरहरु सहित निवेदन दिंदा बिना सर्त र बिना कामको कन्ट्र्याक्ट त्यो कागज पाउनु पर्छ। र ३ बर्ष बसिसकेकालाई बिना सर्त यहाँ बस्ने र काम गर्ने अनुमती दिनुपर्ने।

(३) दक्षिण अमेरिकाका नागरिक सरह नेपालीहरुले पनि यहाँको रेसिडेन्ट कार्ड भएको ५ (पांच) वर्ष भित्रमा स्पेनको पासपोर्ट पाउने अधिकार हुनुपर्छ।
(४) घरेलु कामदारहरुलाई अन्य कामदारहरु सरह बेरोजगार भत्ताको व्यवस्थाहुनु पर्दछ।
(५) स्पेनमा बस्ने नेपालीहरुको परिवार पुनर्मिलनका लागि गरिने सम्पुर्ण कागजी प्रक्रियाहरु नेपालको काठमाण्डौ स्थित स्पेनिस कन्सुलर मार्फत हुनुपर्दछ।
(६) स्पेन र नेपालको दैत्य सम्बन्ध पुरानो भएता पनि प्रगाढ हुन नसकेको महशुस भएकाले त्यसका लागि पनि ध्यानाकर्षण गराएर जन-संपर्क समिती स्पेनद्वारा नेपाल र स्पेनको सम्बन्ध प्रगाढ बनाउनका लागि पुलको काम गर्न तयार रहेकोछ।

यही सन २०११ जुलाई २६ तारिख मंगलबार बिहान १०:०० बजे बुझाइएको उक्त ज्ञापन-पत्र माथी टिप्पणी गर्दै Sr. Xavier Bosch ले जन-सम्पर्क समितिद्वारा राखिएका हरेक मागहरुमा आफू सहमत भएको र त्यसको लागी सक्दो पहल गर्ने द्रिढता ब्यक्त गर्दै पांच (५) नम्बर बुंदामा आफ्नो ध्यान बढी केन्द्रित भएको र त्यसका लागि बढी भन्दा बढी पहल
गर्ने अनी जन-सम्पर्क समितिले पनि नेपालको सरकारसँग यसबारेमा विशेषरुपमा आवाज उठाइ त्यताबाट पनि पहल गरेमा छिटो भन्दा छिटो समस्या समाधान हुने कुरामा आंफु विस्वस्त
रहेको कुरा बताउनु भयो। साथै उहाँको तर्फबाट नेपाली जन-सम्पर्क समितिलाई हरेक क्षेत्रमा सक्दो सहयोग गर्ने कुरामा बिस्वस्त पार्नु भयो।

No comments:

Post a Comment