टोक्यो । जापानमा एक नेपालीले आत्म हत्या गरेका छन् । कुक भिसामा जापान आएर जापानमा स्थायी बसोबासको अनुमति पाइसकेका साइतामाकेनमा बस्दै आएका बागलुङ माल्मा ७ , गल्कोटका विष्णु साहनीले गएराती आत्म हत्या गरेका हुन् ।
राती ३ बजे यो मेरो अन्तिम फोटो हो भन्दै फेसबुकमा फोटो हालेका विष्णु विहान मृत अवस्थामा फेला परेको जनप्रगतिशिल मोर्चा जापानका अध्यक्ष बेलु थापाले जानकारी दिनु भयो । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । मृतक साहनीकी ६ वर्षीया छोरी नेपालमै छिन् भने श्रीमति उनीसंगै जापानमै बस्दै आएकी थिइन ।
Thursday, July 5, 2012
Wednesday, April 25, 2012
नेपालमा सामुहिक लगानि भित्र्याउन पोर्चुगलमा समिति गठन।
-भीम के सी कमल
लिस्बन, २४ अप्रील
गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदको आव्हान अनुसार गैर आवाशिय नेपालीहरुको सामुहिक लगानि नेपालमा भित्र्याउने अभियान अन्तरगत पोर्चुगलबाट हातेमालो गर्दै पोर्चुगलमा रहेका गैर आवाशिय नेपालीहरुलाई लगानिको निम्ति अभिप्रेरित गर्न एनआरएन पोर्चुगलले कार्यारम्भ गरेको छ।
एनआरएन पोर्चुगल, राष्ट्रीय समन्वय परिषदका अध्यक्ष रमेश कुमार गुरुङको अध्यक्षतामा हालै संघको कार्यालय रोसियोमा बसेको पोर्चुगलमा अवस्थित सम्पुर्ण नेपाली संघसंस्थाहरुको संयुक्त बैठकले नेपालमा पोर्चुगलबाट सामुहिक लगानि भित्र्याउने कार्यमा सहजिकरणको निम्ति एक समिति समेत गठन गरेको छ।
गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदका सदश्य पुर्ण हमालको संयोजकत्वमा गठित उक्त समितिमा लक्ष्मी प्रसाद सापकोटा, मन बहादुर पुर्जा, डिलाराम चापागाई, दावा सांगे पाख्रीन, गोबिन्द सापकोटा र भीम के सी कमल सदश्य रहेका छन्।
उक्त समितिले पोर्चुगलमा रहेका सम्पुर्ण संघसंस्थाहरु, ब्यबशायीहरु लगायत समस्त गैर आवाशिय नेपालीहरुसंग अन्तरकृया गरि पोर्चुगलबाट नेपालमा समुहिक लगानिको निमित्त सार्थक पहल गर्ने जानकारी समितिका संयोजक पुर्ण हमालले दिएका छन्।
साथै उक्त बैठकले एनआरएन सहित समस्त संस्थाहरुको सामुहिक आयोजनामा आमागि मे ६ तारिखका दिन शोभा-यात्रा सहित भब्यरुपमा बुद्ध जयन्ती मनाउने निर्णय गर्दै एनआरएन पोर्चुगलका उपाध्यक्ष पेम्बा शेर्पाको संयोजकत्वमा १३ सदश्यिय आयोजक समिति समेत गठन गरेको छ।
Friday, March 16, 2012
जनसम्पर्क समिति पोर्चुगलको आसन्न दोश्रो महाधिवेशन र भावी नेतृत्वका चुनौतिहरु। -भीम के सी कमल
चार बर्ष अघि जनसम्पर्क युरोप समन्वय समितिका अध्यक्ष दिल गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न नेपाली जनसम्पर्क समिति पोर्चुगलको प्रथम अधिवेशन पश्चात लिस्बनको छेउमा बग्ने रियो तेजो (तेजो नदी) मा धेरै पानी बगि सकेको छ। जनसम्पर्क समिति पोर्चुगलका तत्कालिन बिधान मस्यौदा समिति-२००७ का संयोजक राजेन्द्र अधिकारीको संयोजकत्वमा रहेको समितिले प्रस्ताबित गरि जनसम्पर्क समिति पोर्चुगलको प्रथम अधिवेशनबाट पारित समितिको बिधान २००७ को धारा ९ उपधारा २ मा भएको ब्यबस्था अनुसार प्रत्येक २ बर्षमा समितिको नियमित अधिवेशन हुनु पर्नेमा केन्द्रीय प्रतिनिधिको अनुपस्थिति लगायतका बिबिध कारणहरुले समितिको अधिवेशन तोकिदै सर्दै आएको छ।
गैर आवाशिय नेपाली संघ पोर्चुगल पश्चात सबभन्दा धेरै साधारण सदश्य रहेको र नेपालको लोकतान्त्रीक आन्दोलनको सफल नेतृत्वकर्ता नेपाली काँग्रेसको भातृ संगठनको रुपमा कार्यरत जनसम्पर्क समितिले आफ्नो संगठन सुदृढिकरण अभियानलाई यथोचित सकृयता दिन नसक्नुलाई द्वन्दात्मक रुपमा बिश्लेषण गर्दै आगामि दिनहरुमा भावी नेतृत्वले संगठन निर्माण र बिकासका सैद्धान्तिक र ब्यबहारिक सिद्धान्तहरुलाई आत्मसात गर्दै सामुहिक नेतृत्वमा गतिशिल संगठनको रुपमा जनसम्पर्क समितिलाई अगाडि बढाउनु पर्ने आवश्यकतालाई नकार्न सकिदैन।
संक्षेपमा सर्बसम्मति अथवा निर्बाचनको माध्यमबाट छनौट हुने जनसम्पर्क समितिको भावी नेतृत्वका चुनौति एबम् उत्तरदायित्वहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ।
(१) समर्थक पहिचान, सदश्यता बिस्तार र संगठन सुदृढिकरण:
५००० भन्दा बढिको संख्यामा बसोबास गर्ने नेपालीहरुमद्धे अधिकांश लोकतन्त्रबादी र जनसम्पर्क समितिका शुभचिन्तक रहेको, कतिपय साथिहरु पार्टी र बिध्यार्थी संघका जिम्मेबार पदमा रहेर संगठनको लामो अनुभब भएका समेत हुन सक्ने हुदा समर्थकहरुको पहिचान गरी त्रैमासिक वा अर्धबार्षिक रुपमा सदश्यता अभियान संचालन गरी संगठन सुदृढिकरण गर्ने।
(२) सदश्यहरु बीच नियमित अन्तरकृया र समस्या सहजिकरण डेस्कको स्थापना:
साधारण सदश्य, कृयाशिल सदश्य तथा कार्यसमितिका पदाधिकारी र अगुवाहरुबीच आत्मियता र अपनत्वको बिकास गर्न द्वैमासिक रुपमा नियमित भेटघाट अथवा अन्तरकृयाको आयोजना गर्नुको साथै अध्यागमन, बसोबास र रोजगारी सम्बन्धी समस्या समाधानार्थ सार्थक पहल गर्न अध्यागमन एबम् बसोबास र रोजगारी सहजीकरण डेस्क खडा गरी सेवा उपलब्ध गराउने।
(३) केन्द्रसंगको सम्बन्ध र अन्तरराष्ट्रीय मन्चमा सबल उपस्थिति:
युरोप वा विश्वस्तरीय भेलामा सहभागिता जनाई कार्यपत्रहरु प्रस्तुत गर्ने, संगठन बिस्तार र राष्ट्र निर्माण सहितका बिषयहरुमा ठोस सुझाब र तर्कहरु पेश गर्ने साथै पार्टी केन्द्रसंग नियमित सम्पर्कमा रहि केन्द्रबाट संचालन हुने कार्यक्रम, अभियान र आन्दोलनहरुलाई सदैब हातेमालो गर्ने।
(४) कार्यालय स्थापना तथा संस्थाको दिगोपनाको निम्ति श्रोत पहिचान र परिचालन:
कुनै पनि संगठन प्रभावकारी हुन त्यसको दिगोपनाको निम्ती आर्थिक एबम् अन्य भौतिक साधनको जरुरी हुन्छ। संगठनलाई झोलामा राखेर हिड्ने प्रबृतीले संगठन कमजोर भइ बैरीहरु मखलेल् हुने अबस्था सिर्जना हुन्छ। संस्थाको दिगोपनाको निम्ती संभब भए संस्थाको कार्यालय सो नभएमा नियमित सम्पर्क केन्द्र स्थापना गरी कम्प्युटर, प्रीन्टर, स्क्यानर, फोटोकपी लगायत आवश्यक भौतिक साधन तथा संस्थाको अक्षयकोष स्थापना गरी आवश्यक न्युनतम राशिको संकलन र डिपोजिटको अनिबार्य ब्यबस्था गर्ने।
(५) समावेशीकरण, कृयाशिलता र समन्वय:
जातीय, क्षेत्रीय, लैंगीक तथा भौगोलिक क्षेत्र समेटेर बनेको समानुपातिक रुपमा समावेशी प्रतिनिधित्व सहितको कार्यकारिणि समितिले मात्र संगठनलाई प्रभाबकारी बनाउन सक्दछ। त्यसका लागि साधारण सदश्यता बितरण देखि नै बिचार पुर्याउदै जानु पर्ने हुन्छ। साथै चुनाबको बेला र उच्च नेतृत्वको आगमनमा मात्र सकृयता देखिने र बाँकि अबधि सुस्ताउने प्रबृतिले संस्थालाई दिनानुदिन कमजोर बनाउदै जान्छ। त्यसैले हरदम कृयाशिल रहि कार्यसमिति र सुभेच्छुक बीच, संगठन र अन्य संगठन बीच, केन्द्र र समाज बीच प्रभाबकारी समन्वय गरी अगाडी बढने इच्छाशक्ति आगामी नेतृत्वमा हुनु अपरिहार्य देखिन्छ।
(६) सकृय सदश्यता बिस्तार र केन्द्रीय महाधिवेशनमा सहभागिता:
नेपाली काँग्रेसको संशोधित बिधान अनुसार न्युनतम ५०० कृयाशिल सदश्य भएका देशहरुको जनसम्पर्क समितिलाई महाधिवेशनमा सहभागी गराउने ब्यबस्था अनुरुप महाधिवेशनमा प्रतिनिधित्व गर्न नेकाँको आगामी महाधिवेशन अगाबै कम्तिमा ५०० कृयाशिल सदश्य संख्या पुर्याइ उक्त महाधिवेशनमा आधिकारिक प्रतिनिधित्व सुनिश्चित गर्ने।
(७) बिबिध:
उल्लेखित कुराहरुको अतिरिक्त लोकतान्त्रीक आन्दोलन सम्बद्ध बिभिन्न दिवस, जयन्ती मनाउने कार्यहरु, उच्च नेतृत्वमा रहेका ब्यक्तिहरुलाई आमन्त्रण गरी समसामयिक बिषयहरुमा अन्तरकृया र छलफल गर्ने, राष्ट्रीय तथा अन्तरराष्ट्रीय मेडियाहरुमा लेख रचनाहरु प्रकाशित गर्ने गराउने, पोर्चुगलमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा समितिको तर्फबाट सकृय सहभागिता र प्रभाबकारी प्रस्तुतिकरण गर्ने, बर्तमान युगको माग अनुसार सामाजिक संजालहरुमा सशक्त उपस्थिति जनाउने तथा समितिको वेब-साइट निर्माण गर्ने लगायतका अन्य थप बन्दोबस्ति चुनौतिहरुको समेत भावी कार्य समितिले जिम्मेवारीपुर्बक सामना गर्नु पर्ने देखिन्छ।
(लेखक जनसम्पर्क युरोप समन्वय समितिका सदश्य तथा पत्रकार हुन।)
Monday, February 27, 2012
दुबईमा गायिका मुना मगरलाई सम्मान
निमकान्त पाण्डे दुबई ,बहीवार २३ फेब्रुवरीको सांझ बर दुबईको याक एन्ड यती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच नेपालबाट आउनुभएका ख्याती प्रप्त लोकदोहोरी गायीका मुना थापा मगर,लोक दोहोरी गायक तथा नेपाल टेलिभजनबाट प्रसारण हुने घुम्सा घुम्सी दोहोरी कार्यक्रमका प्रस्तोता दिपसागर थापा मगरलाई गोरखा सेवा समाज युएईले सम्मान गरेको छ।
उक्त सम्मान कार्यक्रममा याक एण्ड यती दोहोरी सांझमा कार्यरत गोरखाली कलाकारहरु संजय गुरुग,प्रेम गुरुङ,सम्झना गुरुङ,भिम परियारलाई पनि सम्म गरिएको थियो । साथै सोही दोहोरी सांझमा कार्यरत रसुवाकी पार्वती गुरुङ,कैलालीका दिपक अधिकारि र अर्घखाचिका बिष्णु भाटलाई पनि सम्मान गरिएको थियो । गोरखा समाज युएईका अध्यक्ष सुरेश ढकालको सभापितित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा लोक दोहारी गायक गायीका दिप सागर थापा मगर ,मुना थापा मगर, नेपाली जनप्रगतिशील मंच युएईका अध्यक्ष तथा गोरखा समाज युएईका सल्लाहाकार उत्तम अधिकारी र नेपाली समाज युएईका प्रार्साद अध्यक्ष तुलसी तमाङ रहनुभएको थियो । समाजका सल्लाहकार महा प्रसाद धितालले उपस्थित एवं अतिथी सम्पूर्ण गोरखाबासी दाजुभाई तथा दिदि बहिनीहरुलाई स्वागत् गर्नु भएको थियो । कार्यक्रमको संचालान समाजका सचिब प्रकास बानियाले गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै अतीथी तुलसी तमाङले गोरखा सेवा समाज युएई गठन भएको छोटो समयमा नै यसरी कलाकारहरुलाई सम्मन गरेकोमा समाजको खुलेर प्रसंसा गनु भएको थीयो । यसै गरी सुभकामना दिने क्रममा समाजका सल्लाहकार दिपक बोहोराले सम्पूर्ण कलाकारहरुको आगामी सांगीतिक यात्राले सगरमाथाको शिरचुम्न सफल होस भन्ने शुभकामना दिनु भएको थियो । अतिथी एव्म बरिष्ठ समाज सेबी उत्तम अधिकारीले सम्पूर्ण गायक गायीकाहरुको उत्तरोउत्तर प्रगतिको कामना गर्नु भएको थियो । अतिथी कलाकारहरुले प्रबासमा यसरी सम्मानित हुन पाउदा ज्यादै खुसिलागेको र यस क्षेत्रमा अघीबढनका लागी निकै हौसला मिलेको बताएका थिए ।
आफ्नो कला र गलाको माध्यमबाट नेपाली कला सस्कृतिको संरक्षण गर्दै आफ्नो जिल्लामा मात्रै नभई स्वदेस तथा बिदेशमा पनि आफुलाई एक सफल कलाकारको पहिचान दिन सफल हुनुभएकोमा योगदान र क्षमताको कदर तथा उज्याल भविष्यको कामना गर्दै सम्पूर्ण गायक तथा गायीकाहरुलाई समाजका सल्लाहकार उत्तम अधिकारीले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष सुरेस ढकालले प्रसंसा पत्र दिएर सम्मान गर्नु भएको थियो ।
क्रार्यक्रममा बोल्दै समाजका अध्यक्ष एंब कार्यक्रमका सभापित सुरेश ढकालले सांगीतिक यात्राबाट आफ्नो जिल्लालाई स्वदेश तथा बिदेशमा चिनाउन सफल हुनु भएकोमा धरै धरै धन्यबाद दिदै कलाकारहरु राष्टका गहना भएकोले गोरखा समाज युएई यस्ता कलाकारहरुलाई सदैब सक्दो सहयोग र सम्मान गरिरहने बताउनु भयो । यसरी राष्टका गहना कलाकारहरुलाई सम्मान गर्न पाउदा आफु लगायत गोरखा सेवा समाज युएई परिवार निकै खुसी भएको बताउनुभएको थियो ।
Sunday, January 15, 2012
एन आर एन स्पेनको क्षेत्रिय समिति गठन
स्पेनको राजधानी म्याड्रिड शहरमा एन आर एन आईसीसी पुष्प राज तिमिल्सिना साथै एन आर एन स्पेनका अध्यक्ष अर्जुन प्रसाद काफ्लेको उपस्थितीमा ज्ञानेन्द्र खरेलको अध्यक्षतामा पछी २ थप्ने गरि १३ सदस्यिय क्षेत्रिय समिति गठन गरिएको छ ।
उक्त कार्यक्रममा एन आर एन स्पेनका गतिविधीको बारेमा समितिका अध्यक्ष अर्जुन प्रसाद काफ्लेले प्रकास पार्नु भएको थियो भने एन आर एन आईसीसी पुष्पराज तिमिल्सिनाले प्रमुख अथितीको आसनबाट बोल्नु भएको थियो ।
कार्यक्रम सन्चालन शिव राज सिग्देलले गर्नु भएको थियो भने स्वागत मन्तब्य राम कृष्ण पुडासैनीले राख्नु भएको थियो । करिब ५० जनाको उपस्थिती रहेको उक्त कार्यकरम अत्यन्तै सौहद्पुर्ण वातावरणमा सम्पन्न भयको थियो ।
क्षेत्रिय समितिमा अध्यक्षमा ज्ञानेन्द्र खरेल, उपाद्यक्षमा भरत राज सिग्देल, सचिवमा शिव राज सिग्देल ,कोसाद्यक्ष जुनु बानिया सदस्य मा राम कृष्ण पुडासैनि, जनक थापा, सुदिप अर्याल, धर्म कंडेल, मन्जु न्यौपाने, सन्दिप मोहन भट्टराई, अजय रायमझी, लता पौडेल सबैलाई एन आर एन स्पेन अध्यक्ष अर्जुन प्रसाद काफ्लेले बधाइ तथा शुभकामनको साथ् मा कार्यकाल सफलताको कामना गर्नु भएको थियो । अन्तमा क्षेत्रिय अध्यक्ष ज्ञानेन्द्र खरेलले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
Subscribe to:
Comments (Atom)