-भीम के सी कमल
लिस्बन, २४ अप्रील
गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदको आव्हान अनुसार गैर आवाशिय नेपालीहरुको सामुहिक लगानि नेपालमा भित्र्याउने अभियान अन्तरगत पोर्चुगलबाट हातेमालो गर्दै पोर्चुगलमा रहेका गैर आवाशिय नेपालीहरुलाई लगानिको निम्ति अभिप्रेरित गर्न एनआरएन पोर्चुगलले कार्यारम्भ गरेको छ।
एनआरएन पोर्चुगल, राष्ट्रीय समन्वय परिषदका अध्यक्ष रमेश कुमार गुरुङको अध्यक्षतामा हालै संघको कार्यालय रोसियोमा बसेको पोर्चुगलमा अवस्थित सम्पुर्ण नेपाली संघसंस्थाहरुको संयुक्त बैठकले नेपालमा पोर्चुगलबाट सामुहिक लगानि भित्र्याउने कार्यमा सहजिकरणको निम्ति एक समिति समेत गठन गरेको छ।
गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदका सदश्य पुर्ण हमालको संयोजकत्वमा गठित उक्त समितिमा लक्ष्मी प्रसाद सापकोटा, मन बहादुर पुर्जा, डिलाराम चापागाई, दावा सांगे पाख्रीन, गोबिन्द सापकोटा र भीम के सी कमल सदश्य रहेका छन्।
उक्त समितिले पोर्चुगलमा रहेका सम्पुर्ण संघसंस्थाहरु, ब्यबशायीहरु लगायत समस्त गैर आवाशिय नेपालीहरुसंग अन्तरकृया गरि पोर्चुगलबाट नेपालमा समुहिक लगानिको निमित्त सार्थक पहल गर्ने जानकारी समितिका संयोजक पुर्ण हमालले दिएका छन्।
साथै उक्त बैठकले एनआरएन सहित समस्त संस्थाहरुको सामुहिक आयोजनामा आमागि मे ६ तारिखका दिन शोभा-यात्रा सहित भब्यरुपमा बुद्ध जयन्ती मनाउने निर्णय गर्दै एनआरएन पोर्चुगलका उपाध्यक्ष पेम्बा शेर्पाको संयोजकत्वमा १३ सदश्यिय आयोजक समिति समेत गठन गरेको छ।
No comments:
Post a Comment