| मलेसिया नेगरी सेम्बिलान निलाई मा पहिलो पल्ट तिज कार्यक्रम सम्पन्न भएको थियो ।मुस्लिम समुदायको महान चाड अर्थात् हिन्दू महिलाहरुको महानपर्व हरितालिका तीज खाडी मलेसिया पनि बिबिध सास्कृतिक कार्यक्रमका बिच भब्यरुपमा मनाइएको थियो । सो तीजको अबसरमा निलाई स्थित युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा तीज कार्यक्रम सम्पन्न भएको थियो । तीज कार्यक्रममा भिबिन्न परिकारको खाना,खिर तयार पारिएको थियो । रातभरी तीजको गीत गाएर मनोरंजन गरिएको थियो । सो तीज कार्यक्रमलाई अझ प्रभाबकारी बनाउन लोक दोहोरी गीतको पनि आयोजना गरिएको थियो ।तीज कार्यक्रममा नेपाली एकता समाजका अध्यक्ष अजय कुमार शाह,सचिव,सहसचिव,कोषाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रकार योगेन्द्र योगी ,योगेन, को पनि उपस्थिति रहेको थियो । |
Saturday, September 18, 2010
मलेसियामा पहिलो पल्ट तीज भब्यरुपमा मनाइयो
Tuesday, September 7, 2010
नेपलीज एसोसिएसन अफ कनेन्टिकटमा तीज कार्यक्रम सम्पन्न
नेपलीज एसोसिएसन अफ कनेन्टिकट (NAConn), कनेन्टिकट, युसएले सेप्टेम्बर ५ तारिकमा नेपाली नारीहरुको महान चाड तीज 2010 Bollywood Grill, Glastonbury को हल मा धूम-धामका साथ मनाएको छ । करिब ३–४ सय जना नेपालीहरु सहभागिता रहेको सो कार्यक्रममा नेपाली महिला दिदी बैनीहरु तीजको गीतमा धुमधामसँग नाचगान गरेका थिए ।
NACoon का सचिब तिलक मल्लले कार्यक्रम पहिलो बर्ष भन्दा सफल भएको र महिला दिदी बैनिहरुको बढदो सहभागीताले संस्थालाई यसखाले कार्यक्रम गर्न हौसला बढेको बताउनु भयो । स्टोर्सबाट कार्यक्रममा उपस्थित सिता कोइरालाले बिगत १०–१५ बर्षदेखि अमेरिकामा रहे पनि तिजकार्यक्रम पहिलो पटक मनाउन पाएकोमा निकै खुशी भएको बताउनु भयो । वेष्ट हार्टफोर्ट बाट सहभागी आरती ज्ञवालीले नेपालमै भएको भान भाईरहेको बताउनु भयो । कार्यक्रममा नजिकका शहर हरु न्यूयोर्क र बोस्टोन बाट पनि नेपाली महिलाहरुको उपस्थिती थियो ।

Subscribe to:
Comments (Atom)