Scrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image Generator

Tuesday, September 7, 2010

नेपलीज एसोसिएसन अफ कनेन्टिकटमा तीज कार्यक्रम सम्पन्न

नेपलीज एसोसिएसन अफ कनेन्टिकट (NAConn), कनेन्टिकट, युसएले सेप्टेम्बर ५ तारिकमा नेपाली नारीहरुको महान चाड तीज 2010 Bollywood Grill, Glastonbury को हल मा धूम-धामका साथ मनाएको छ । करिब ३–४ सय जना नेपालीहरु सहभागिता रहेको सो कार्यक्रममा नेपाली महिला दिदी बैनीहरु तीजको गीतमा धुमधामसँग नाचगान गरेका थिए ।
NACoon का सचिब तिलक मल्लले कार्यक्रम पहिलो बर्ष भन्दा सफल भएको र महिला दिदी बैनिहरुको बढदो सहभागीताले संस्थालाई यसखाले कार्यक्रम गर्न हौसला बढेको बताउनु भयो । स्टोर्सबाट कार्यक्रममा उपस्थित सिता कोइरालाले बिगत १०–१५ बर्षदेखि अमेरिकामा रहे पनि तिजकार्यक्रम पहिलो पटक मनाउन पाएकोमा निकै खुशी भएको बताउनु भयो । वेष्ट हार्टफोर्ट बाट सहभागी आरती ज्ञवालीले नेपालमै भएको भान भाईरहेको बताउनु भयो । कार्यक्रममा नजिकका शहर हरु न्यूयोर्क र बोस्टोन बाट पनि नेपाली महिलाहरुको उपस्थिती थियो ।

No comments:

Post a Comment