Friday, November 25, 2011
स्पेनमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्यो
स्पेन - स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गरेको छ । स्पेनबाट प्राप्त समाचार अनुसार लोकगीत र दोहोरी गीतको क्षेत्रमा लामो समय सम्म लगातार कृयाशिल बरिष्ठ कलाकार राजेन्द्र लम्साल क्षेत्रीको अध्यक्ष्यतामा गठित उक्त स्पेन शाखामा लामो समय सम्म नृत्यकार, नृत्य निर्देशक रहेका कलाकार अजय लोप्चन उपाध्यक्ष, गायिका पेम्बा चोटि शेर्पा महासचिव, कलाकारहरु क्रमश ; गोबिन्द न्यौपाने सचिब, निशा अधिकारी कोषाध्यक्षमा निर्बाचित हुनुभएको छ ।
कार्य समितिका सदस्यहरुमा बिभिन्न क्षेत्रका कलाकारहरु सुनु बानिया, दीपा गुरुङ, दिक कार्की, बिनोद कटुवाल, खुश्बु खड्का, निता पोखरेल अधीकारी, सरु गुरुङ, सुभाश बिष्ट, कार्य समितिको सल्लाहकारहरुमा मुक्त गुरुङ, पुष्पराज तिमील्सिना, अर्जुन काफ्ले, हेम शेर्पा, पुष्प भण्डारी छानिनुभएको कुरा अध्यक्ष राजेन्द्र लम्साल क्षेत्रीले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बिधान बमोजिम स्वीकृती प्रदान गर्दै स्पेन शाखामा निर्बाचित भै आउनुभएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई दिदै कला र सँस्कृतिको जगेर्नामा स्पेन शाखाले महत्वपूर्ण भूमिका निर्बाह गर्न सकोस भनी शुभकामना समेत दिनुभएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले जानकारी दिनुभयो ।
Sunday, November 13, 2011
एमफूल इन्टरनेश्नल प्रालि दोहा कतारको सेमिनार सम्पन्न
दशरथ राई - गत शुक्रबार सनैयाको माउन्टेन रेस्टुरेन्टको हलमा, आज विश्व २१ औं शताब्दीमा प्रवेश गरिरहँदा नयाँ-नयाँ प्रविधिले एक प्रकारको छलाङ मारी सकेको छ, प्रविधिले यती फड्को मारिसक्दा पनि हामी मानव जातिमा देखिएको गरिबीको समस्यालाई अन्त्य गर्न एमफुलको जन्म भएको हो, भन्ने सम्पूर्ण उपस्थिती महानुभावहरुलाई यस कम्पनीको सचिव तेज कुमार श्रेष्ठले दर्शाउँदै उक्त सेमिनार औपचारिकतामा प्रवेश गर्यो। जसअनुसार यसै कम्पनीको बिदेश प्रमुख श्री रेसम रानाज्युले सभापतिको आशन ग्रहण गर्नु भएको थियो भने आशन ग्रहणकै क्रममा कार्यबाहक अध्यक्ष मिन बहादुर तामाङ, फिल्ड निर्देशक नेत्र न्यौपाने बरिष्ठ सल्लाहकार दिर्घ बुर्जा, सचिब तेज श्रेष्ठ, बिनु राणा, बिन्दु श्रेष्ठलगायत सम्पूर्ण उपस्थित महानुभावहरुले पनि आशण ग्रहण गर्नु भएको थियो।
हामी संसारको जुनै कुनामा भएपनि हाम्रो मातृभूमिलाई कहिले बिर्सने छैनौ। उपस्थित सम्पूर्णलाई एमफूलको निमन्त्रणा स्विकारी आउनुभएकोमा धन्यवाद टक्रयाउँदै हामी गरीब होइनौ, हाम्रो सोच गरीब हो, यसलाई चिर्नु छ कुनै पनि राम्रो कर्मको पारीणाम पाउनुको लागि इच्छा शक्ती हुन जरुरत छ । साथै निरन्तरता चाहिन्छ भन्दै दिर्घबुर्जाले स्वागत मन्तव्य राख्नु भएको थियो। पुन नेत्र न्यौपानेले एमफुल कम्पनी नेपालको कानुनअनुसार नै दर्ता भएको कम्पनी हो भनी विश्वस्थ पार्दै सरल र शुलभ किसिमले यसको योजना र सेवा सुबिधाको बारेमा प्रस्ट्याउनु भएको थियो।
अर्का प्रस्तुतकर्ता मिन बहादुर तमाङले सहि समयमा सहि काम गरेमा पैसा आँफै पछी पछी लाग्नेछ, जिवनलाई साँच्चै नै आर्थिक रुपमा आमुल परिवर्तन गर्न सकिने छ भनेर प्रस्ट्याउँदा सबै उपस्थितिहरुको तलिले हल नै थर्कमान भएको थियो।
कार्यक्रमको अन्त्यमा रेसम रानाले आजको मिती (११-११-११ ) लाई स्मरण गराउँदै राष्ट्र गीतको शब्द "जुनाकेरी झैँ ज्योति बाली" जुनकेरीले पछाडिबाट प्रकाश छरेको हुन्छ भने कसरी हामीले अँध्यारोलाई चिर्न सक्छौँ यसरी खन्डन गर्दा सम्पूर्ण उपस्थितीहरुको मनलाई छुन पुगेर होला सबैले हाँस्दै तालिको बर्षाद नै गराएका थिए। उहाँले एमाफूल तपाईं हामी माझ आउनुको उदेश्य भनेको गरीबीको रेखामुनी पिल्सिएकाहरुको लागि पूर्ण रुपमा आर्थिक स्वतन्त्रता दिने हेतुले आएको प्रस्ट्याउँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

Subscribe to:
Comments (Atom)