Scrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image Generator

Sunday, November 13, 2011

एमफूल इन्टरनेश्नल प्रालि दोहा कतारको सेमिनार सम्पन्न

दशरथ राई - गत शुक्रबार सनैयाको माउन्टेन रेस्टुरेन्टको हलमा, आज विश्व २१ औं शताब्दीमा प्रवेश गरिरहँदा नयाँ-नयाँ प्रविधिले एक प्रकारको छलाङ मारी सकेको छ, प्रविधिले यती फड्को मारिसक्दा पनि हामी मानव जातिमा देखिएको गरिबीको समस्यालाई अन्त्य गर्न एमफुलको जन्म भएको हो, भन्ने सम्पूर्ण उपस्थिती महानुभावहरुलाई यस कम्पनीको सचिव तेज कुमार श्रेष्ठले दर्शाउँदै उक्त सेमिनार औपचारिकतामा प्रवेश गर्‍यो। जसअनुसार यसै कम्पनीको बिदेश प्रमुख श्री रेसम रानाज्युले सभापतिको आशन ग्रहण गर्नु भएको थियो भने आशन ग्रहणकै क्रममा कार्यबाहक अध्यक्ष मिन बहादुर तामाङ, फिल्ड निर्देशक नेत्र न्यौपाने बरिष्ठ सल्लाहकार दिर्घ बुर्जा, सचिब तेज श्रेष्ठ, बिनु राणा, बिन्दु श्रेष्ठलगायत सम्पूर्ण उपस्थित महानुभावहरुले पनि आशण ग्रहण गर्नु भएको थियो।


हामी संसारको जुनै कुनामा भएपनि हाम्रो मातृभूमिलाई कहिले बिर्सने छैनौ। उपस्थित सम्पूर्णलाई एमफूलको निमन्त्रणा स्विकारी आउनुभएकोमा धन्यवाद टक्रयाउँदै हामी गरीब होइनौ, हाम्रो सोच गरीब हो, यसलाई चिर्नु छ कुनै पनि राम्रो कर्मको पारीणाम पाउनुको लागि इच्छा शक्ती हुन जरुरत छ । साथै निरन्तरता चाहिन्छ भन्दै दिर्घबुर्जाले स्वागत मन्तव्य राख्नु भएको थियो। पुन नेत्र न्यौपानेले एमफुल कम्पनी नेपालको कानुनअनुसार नै दर्ता भएको कम्पनी हो भनी विश्वस्थ पार्दै सरल र शुलभ किसिमले यसको योजना र सेवा सुबिधाको बारेमा प्रस्ट्याउनु भएको थियो।


अर्का प्रस्तुतकर्ता मिन बहादुर तमाङले सहि समयमा सहि काम गरेमा पैसा आँफै पछी पछी लाग्नेछ, जिवनलाई साँच्चै नै आर्थिक रुपमा आमुल परिवर्तन गर्न सकिने छ भनेर प्रस्ट्याउँदा सबै उपस्थितिहरुको तलिले हल नै थर्कमान भएको थियो।

कार्यक्रमको अन्त्यमा रेसम रानाले आजको मिती (११-११-११ ) लाई स्मरण गराउँदै राष्ट्र गीतको शब्द "जुनाकेरी झैँ ज्योति बाली" जुनकेरीले पछाडिबाट प्रकाश छरेको हुन्छ भने कसरी हामीले अँध्यारोलाई चिर्न सक्छौँ यसरी खन्डन गर्दा सम्पूर्ण उपस्थितीहरुको मनलाई छुन पुगेर होला सबैले हाँस्दै तालिको बर्षाद नै गराएका थिए। उहाँले एमाफूल तपाईं हामी माझ आउनुको उदेश्य भनेको गरीबीको रेखामुनी पिल्सिएकाहरुको लागि पूर्ण रुपमा आर्थिक स्वतन्त्रता दिने हेतुले आएको प्रस्ट्याउँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

No comments:

Post a Comment