Scrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image Generator

Friday, November 25, 2011

स्पेनमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्‍यो

स्पेन - स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गरेको छ । स्पेनबाट प्राप्त समाचार अनुसार लोकगीत र दोहोरी गीतको क्षेत्रमा लामो समय सम्म लगातार कृयाशिल बरिष्ठ कलाकार राजेन्द्र लम्साल क्षेत्रीको अध्यक्ष्यतामा गठित उक्त स्पेन शाखामा लामो समय सम्म नृत्यकार, नृत्य निर्देशक रहेका कलाकार अजय लोप्चन उपाध्यक्ष, गायिका पेम्बा चोटि शेर्पा महासचिव, कलाकारहरु क्रमश ; गोबिन्द न्यौपाने सचिब, निशा अधिकारी कोषाध्यक्षमा निर्बाचित हुनुभएको छ । कार्य समितिका सदस्यहरुमा बिभिन्न क्षेत्रका कलाकारहरु सुनु बानिया, दीपा गुरुङ, दिक कार्की, बिनोद कटुवाल, खुश्बु खड्का, निता पोखरेल अधीकारी, सरु गुरुङ, सुभाश बिष्ट, कार्य समितिको सल्लाहकारहरुमा मुक्त गुरुङ, पुष्पराज तिमील्सिना, अर्जुन काफ्ले, हेम शेर्पा, पुष्प भण्डारी छानिनुभएको कुरा अध्यक्ष राजेन्द्र लम्साल क्षेत्रीले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बिधान बमोजिम स्वीकृती प्रदान गर्दै स्पेन शाखामा निर्बाचित भै आउनुभएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई दिदै कला र सँस्कृतिको जगेर्नामा स्पेन शाखाले महत्वपूर्ण भूमिका निर्बाह गर्न सकोस भनी शुभकामना समेत दिनुभएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment