Tuesday, December 13, 2011
बेल्जियममा एक नेपालीको अस्पतालबाट जिवनको याचना
कृष्ण तिवारी, ब्रुसेल्स - कास्की जिल्ला पोखरा उपमहानगरपालिका -१ स्थायी ठेगाना भै विगत ११ वर्ष सन २००० देखि Ch. de LOUVAIN-181, 1210 बेल्जियममा बसोबास गर्दै आउनु भएका वर्ष ७४ का मान बहादुर गुभाजु गत २१ अगष्ट २०११ का दिन कृष्ण जन्माष्टमी पर्व मनाउन वेल्जियमको राधा मन्दिर दुर्बेमा जांदा अकस्मात विहोस भै लडि बिरामी परि अस्पताल भर्ना भै निरन्तर रुपमा अहिले सम्म पनि अस्पतालमा उहांको स्वास्थ्य स्थिति गम्भिर अबस्थामा छ ।
विरामी अहिले पनि ब्रसेल्सको बुर्गमान अस्पतालमा अचेत अवस्थामा रहि रहनु भएको र उहांको परिवार श्रीमतिको भाषागत कमि र समस्या कारणले सबै बेल्जियमबासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा आपसी भेटघाट सदभाव साहनुभुति र सान्त्वना दिनका लागि हामी बेल्जियम बासी नेपालीहरुले उहां र उहांको परिवारलाइ भेटघाट गरी नेपाली सदभाब सहयोग र सुखदुखको साटा साट गर्न र दिनको लागी अस्पतालको निम्न ठेगाना HOSPITAL BRUGMANN ,Place arthur van Gehuchten-2,1020 वा वहाको परिवार श्रीमित यशोदा गुभाजुलाई ०४८९३७३८५५मा संम्पर्कका लागि सबै नेपालीहरुमा हार्दिक हुन अनुरोध गरिन्छ ।
Friday, November 25, 2011
स्पेनमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्यो
स्पेन - स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गरेको छ । स्पेनबाट प्राप्त समाचार अनुसार लोकगीत र दोहोरी गीतको क्षेत्रमा लामो समय सम्म लगातार कृयाशिल बरिष्ठ कलाकार राजेन्द्र लम्साल क्षेत्रीको अध्यक्ष्यतामा गठित उक्त स्पेन शाखामा लामो समय सम्म नृत्यकार, नृत्य निर्देशक रहेका कलाकार अजय लोप्चन उपाध्यक्ष, गायिका पेम्बा चोटि शेर्पा महासचिव, कलाकारहरु क्रमश ; गोबिन्द न्यौपाने सचिब, निशा अधिकारी कोषाध्यक्षमा निर्बाचित हुनुभएको छ ।
कार्य समितिका सदस्यहरुमा बिभिन्न क्षेत्रका कलाकारहरु सुनु बानिया, दीपा गुरुङ, दिक कार्की, बिनोद कटुवाल, खुश्बु खड्का, निता पोखरेल अधीकारी, सरु गुरुङ, सुभाश बिष्ट, कार्य समितिको सल्लाहकारहरुमा मुक्त गुरुङ, पुष्पराज तिमील्सिना, अर्जुन काफ्ले, हेम शेर्पा, पुष्प भण्डारी छानिनुभएको कुरा अध्यक्ष राजेन्द्र लम्साल क्षेत्रीले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बिधान बमोजिम स्वीकृती प्रदान गर्दै स्पेन शाखामा निर्बाचित भै आउनुभएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई दिदै कला र सँस्कृतिको जगेर्नामा स्पेन शाखाले महत्वपूर्ण भूमिका निर्बाह गर्न सकोस भनी शुभकामना समेत दिनुभएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले जानकारी दिनुभयो ।
Sunday, November 13, 2011
एमफूल इन्टरनेश्नल प्रालि दोहा कतारको सेमिनार सम्पन्न
दशरथ राई - गत शुक्रबार सनैयाको माउन्टेन रेस्टुरेन्टको हलमा, आज विश्व २१ औं शताब्दीमा प्रवेश गरिरहँदा नयाँ-नयाँ प्रविधिले एक प्रकारको छलाङ मारी सकेको छ, प्रविधिले यती फड्को मारिसक्दा पनि हामी मानव जातिमा देखिएको गरिबीको समस्यालाई अन्त्य गर्न एमफुलको जन्म भएको हो, भन्ने सम्पूर्ण उपस्थिती महानुभावहरुलाई यस कम्पनीको सचिव तेज कुमार श्रेष्ठले दर्शाउँदै उक्त सेमिनार औपचारिकतामा प्रवेश गर्यो। जसअनुसार यसै कम्पनीको बिदेश प्रमुख श्री रेसम रानाज्युले सभापतिको आशन ग्रहण गर्नु भएको थियो भने आशन ग्रहणकै क्रममा कार्यबाहक अध्यक्ष मिन बहादुर तामाङ, फिल्ड निर्देशक नेत्र न्यौपाने बरिष्ठ सल्लाहकार दिर्घ बुर्जा, सचिब तेज श्रेष्ठ, बिनु राणा, बिन्दु श्रेष्ठलगायत सम्पूर्ण उपस्थित महानुभावहरुले पनि आशण ग्रहण गर्नु भएको थियो।
हामी संसारको जुनै कुनामा भएपनि हाम्रो मातृभूमिलाई कहिले बिर्सने छैनौ। उपस्थित सम्पूर्णलाई एमफूलको निमन्त्रणा स्विकारी आउनुभएकोमा धन्यवाद टक्रयाउँदै हामी गरीब होइनौ, हाम्रो सोच गरीब हो, यसलाई चिर्नु छ कुनै पनि राम्रो कर्मको पारीणाम पाउनुको लागि इच्छा शक्ती हुन जरुरत छ । साथै निरन्तरता चाहिन्छ भन्दै दिर्घबुर्जाले स्वागत मन्तव्य राख्नु भएको थियो। पुन नेत्र न्यौपानेले एमफुल कम्पनी नेपालको कानुनअनुसार नै दर्ता भएको कम्पनी हो भनी विश्वस्थ पार्दै सरल र शुलभ किसिमले यसको योजना र सेवा सुबिधाको बारेमा प्रस्ट्याउनु भएको थियो।
अर्का प्रस्तुतकर्ता मिन बहादुर तमाङले सहि समयमा सहि काम गरेमा पैसा आँफै पछी पछी लाग्नेछ, जिवनलाई साँच्चै नै आर्थिक रुपमा आमुल परिवर्तन गर्न सकिने छ भनेर प्रस्ट्याउँदा सबै उपस्थितिहरुको तलिले हल नै थर्कमान भएको थियो।
कार्यक्रमको अन्त्यमा रेसम रानाले आजको मिती (११-११-११ ) लाई स्मरण गराउँदै राष्ट्र गीतको शब्द "जुनाकेरी झैँ ज्योति बाली" जुनकेरीले पछाडिबाट प्रकाश छरेको हुन्छ भने कसरी हामीले अँध्यारोलाई चिर्न सक्छौँ यसरी खन्डन गर्दा सम्पूर्ण उपस्थितीहरुको मनलाई छुन पुगेर होला सबैले हाँस्दै तालिको बर्षाद नै गराएका थिए। उहाँले एमाफूल तपाईं हामी माझ आउनुको उदेश्य भनेको गरीबीको रेखामुनी पिल्सिएकाहरुको लागि पूर्ण रुपमा आर्थिक स्वतन्त्रता दिने हेतुले आएको प्रस्ट्याउँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

Monday, September 5, 2011
एनआरएन स्पेनको मासिक बैठक सम्पन्न
गैर आबासीय नेपाली रास्ट्रीय समन्यन समितिको बैठक ४ सेप्टेम्बर आइतबारका दिन स्पेनको बार्सिलोना मा सम्पन्न भएको छ | समिति का अध्यक्ष श्री अर्जुन प्रसाद काफ्लेको अध्यक्षता बसेको उक्त बैठक ले विभिन्न निर्णय हरु गरेको छ |बिधान अनुसार मनोनित चार सदस्यहरु श्री रमेश ज्ञवाली ,श्रीराम चन्द्र भट्ट ,बरिस्ट कलाकार श्री अजय लोपचन , बिद्यार्थी को तर्फ बाट श्री शन्तोष गौचन लाइ कार्यसमितिको बैठक ले अनुमोदन गर्यो |सस्थाको पुर्ब निर्णय अनुसार गत १९ अगस्त मा नेपाली समुदायका बिबिध समस्या हरु लिएर नेपालि दुताबास पेरिसमा गएको डेलिगेसन का बिबिध पक्ष हरु बारेमा एन आर एन डेलिगेसन संयोजक श्री एकराज गिरी ज्यु बाट ब्रिफिंग गरिएको थियो | साथै सो बैठक ले बिजया दसमी तथा दिपावली २०६८ को पाबन अबसरमा समग्र देशबाशी वा प्रबाशी नेपाली हरुमा हार्दिक शुभकामना व्यक्त गर्दै स्पेनको बार्सिलोनामा भेटघाट तथा बिबिध सास्कृतिक कार्यक्रम को आयोजना गर्ने निर्णय गर्यो |काठमाण्डौ मा हुनगैरहेको अन्तर्रास्ट्रिय सम्मेलन लाइ सफल बनाउन स्पेन का तर्फ बाट अधिकतम प्रनिधित्व गराउने तथा आर्थिक सहयोग गर्ने पनि निर्णय गर्दै सो सम्मेलन सम्बन्धि स्पेनको तर्फा बाट हुनु पर्ने र हुन सक्न्ने बिबिध बिषय हरुमा छलफल भएको थियो | सो सम्मेलन मा भाग लिन चाहने स्पेनबासी नेपाली साथि हरुले यथासिघ्र सम्पर्क राख्न अनुरोध गरिएको छ| सेप्टेम्बर १२ तारिक का दिन जन सम्पर्क समितिको आयोजनामा हुन गैरहेको बि.कप .भलिबल प्रतियोगितामा सहभागिता जनाउने र सो सम्बन्धि सबै तारतम्य मिलाउन संघ का सचिब प्रदिप कंडेल ज्यु लाइ जिम्मा दिएको छ |साथै सो बैठक मा बिश्व गैर सरकारी सस्था महासंघ संग एन आर एन स्पेन को सहकार्य ,सहभागिता सम्बन्धि भएका बिबिध प्रगति को बारेमा सस्थाका अध्यक्ष ज्यु ले ब्रिफिंग गर्नु भएको थियो |
Saturday, July 30, 2011
जन-सम्पर्क समितिद्वारा स्पेन सरकारलाई ज्ञापन-पत्र हस्तान्तरण
जन-सम्पर्क समिति स्पेनद्वारा कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री (Director de Imigracion de Generalitat de Catalunya) मार्फत स्पेन सरकारलाई एक ज्ञापन-पत्र बुझाइयो।
(१) एक वर्षसम्म स्पेनमा पाड्रोनामिएन्तो गरेर बसेका बिदेशीहरुले ट्याक्समा काम गर्ने अनुमती पाउनु पर्छ।
(२) यसरी ट्याक्समा काम गरेका ब्यक्तिहरुले २ वर्षसम्म यहाँको सरकारलाई ट्याक्स तिरेर काम गरेको खण्डमा अराईगो मार्फत ३ वर्ष पछि यहाँको रेसिडेन्ट कार्डका लागि पेपरहरु सहित निवेदन दिंदा बिना सर्त र बिना कामको कन्ट्र्याक्ट त्यो कागज पाउनु पर्छ। र ३ बर्ष बसिसकेकालाई बिना सर्त यहाँ बस्ने र काम गर्ने अनुमती दिनुपर्ने।
(३) दक्षिण अमेरिकाका नागरिक सरह नेपालीहरुले पनि यहाँको रेसिडेन्ट कार्ड भएको ५ (पांच) वर्ष भित्रमा स्पेनको पासपोर्ट पाउने अधिकार हुनुपर्छ।
(४) घरेलु कामदारहरुलाई अन्य कामदारहरु सरह बेरोजगार भत्ताको व्यवस्थाहुनु पर्दछ।
(५) स्पेनमा बस्ने नेपालीहरुको परिवार पुनर्मिलनका लागि गरिने सम्पुर्ण कागजी प्रक्रियाहरु नेपालको काठमाण्डौ स्थित स्पेनिस कन्सुलर मार्फत हुनुपर्दछ।
(६) स्पेन र नेपालको दैत्य सम्बन्ध पुरानो भएता पनि प्रगाढ हुन नसकेको महशुस भएकाले त्यसका लागि पनि ध्यानाकर्षण गराएर जन-संपर्क समिती स्पेनद्वारा नेपाल र स्पेनको सम्बन्ध प्रगाढ बनाउनका लागि पुलको काम गर्न तयार रहेकोछ।
यही सन २०११ जुलाई २६ तारिख मंगलबार बिहान १०:०० बजे बुझाइएको उक्त ज्ञापन-पत्र माथी टिप्पणी गर्दै Sr. Xavier Bosch ले जन-सम्पर्क समितिद्वारा राखिएका हरेक मागहरुमा आफू सहमत भएको र त्यसको लागी सक्दो पहल गर्ने द्रिढता ब्यक्त गर्दै पांच (५) नम्बर बुंदामा आफ्नो ध्यान बढी केन्द्रित भएको र त्यसका लागि बढी भन्दा बढी पहल
गर्ने अनी जन-सम्पर्क समितिले पनि नेपालको सरकारसँग यसबारेमा विशेषरुपमा आवाज उठाइ त्यताबाट पनि पहल गरेमा छिटो भन्दा छिटो समस्या समाधान हुने कुरामा आंफु विस्वस्त
रहेको कुरा बताउनु भयो। साथै उहाँको तर्फबाट नेपाली जन-सम्पर्क समितिलाई हरेक क्षेत्रमा सक्दो सहयोग गर्ने कुरामा बिस्वस्त पार्नु भयो।

Saturday, June 25, 2011
सुकर्मको सुमधुर संगित कोपनहेगनमा गुन्जिने।
भीम के सी कमल
कोपनहेगन, २५ जुन
लोक तथा शास्त्रीय संगीतको सुमधुर संयोजनको निमित्त प्रशिद्ध लोकपृय संगीत समुह सुकर्मको सांगीतिक प्रस्तुतिले युरोपकै शान्त र सम्बृद्ध शहर कोपनहेगन गुन्जायमान हुने भएको छ।
Redefining Nepali Folk & Classical Music भन्ने नारासंगै नेपाली संगीतको बिश्वब्यापीकरण गर्ने अभियानका साथ युरोप भ्रमणमा निस्केको सुकर्म ब्याण्डले डेनमार्क भन्दा अघि स्विजरल्याण्ड, इटली, जर्मनी, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा आफ्नो प्रस्तुति देखाइसकेको छ।
Skolemad til Nepal को आयोजना, कोपनहेगनमा अध्ययनरत नाट्यकर्मी युबराज घिमिरे र केदार दाहालको संयोजन र डेनमार्क स्थित बिभिन्न संघसंस्था र निकायहरुको सहयोगमा यहि जुन २७ तारिख साँझ ८.०० बजे देखी Batida Theatre, Rentemestervej 25 ST, 2400 कोपनहेगनमा प्रारम्भ हुने उक्त सुमधुर सांगीतिक साँझमा उपस्थित भै दिनु हुन सम्पुर्ण संगीतप्रेमी महानुभाबहरुमा आयोजकहरुले आग्रह गरेका छन्।
सुप्रशिद्ध सितारबादक डा ध्रुवेशचन्द्र रेग्मीको सितार, श्याम नेपालीको सारंगी र प्रमोद उपाध्यायको तबलाबादन रहने उक्त कार्यक्रममा सुकर्मले नेपाल र बिश्वभरि नै रुचाइएका आफ्ना लोक, आधुनिक तथा फ्युजन धुनहरुको आकर्षक प्रस्तुति गर्ने भएको जानकारी प्राप्त भएको छ।

Sunday, May 15, 2011
म्याग्दी समाज स्पेन को स्थापना
स्पेन मा नेपाली हरुको संख्या बढ्दो रुपमा हुदै आएको केहि बर्षमा नै बिभिन्न जातीय ,सामाजिक ,तथा राजनैतिक सस्था हरु र क्षेत्रीय संगठन हरुको बिस्तार भएका छन् .
संगठन बिस्तार हुनु आफैमा राम्रो हो चाहे त्यो जातीय होस या सामाजिक तथा राजनैतिक नै किन नहोस किनकि सबैको उदेस्य भनेको नेपालि हरुको हित र संरक्षण कै लागि हो
यिनै कुरा लाई मध्ये नजर राखी म्याग्दी का नेपाली हरुको बृहत भेला ले २०११ मे १४ तारिख स्पेन को बार्सिलोनामा म्याग्दी समाज स्पेन को गठन भएको छन् म्याग्दी समाज भनेर एक क्षेत्र को उद्घोष गरेपनि सबै नेपालीको हितमा रहने यस सस्था को उदेस्य रहने कुरा सस्थाका सह - सचिब दिपक के सी ले बताउनु भएको छ . सबै व्यवसायी तथा कामदार नया र पुराना सबै लाई समेटेर लागिएको र भबिस्यमा सबै संग सहमत र सहकार्य गरिने गरि कार्यक्रम हरु अगाडी बढाइने सस्था का अध्यक्ष बुढाथोकी ले प्रतिबदता व्यक्त गर्दै ५ सल्लाहकार समिति का साथ १७ कार्य समिति को तयार गरिएको प्राप्त समाचार मा उल्लेखित छ उक्त नब गठित सस्था लाई नेपाली समाज स्पेन द्वारा हार्दिक बधाई व्यक्त गर्दै प्रगति को कामना पनि गरेको छ कार्यसमिति का सम्पुर्ण पदाधिकारी हरुले नब गठित सस्था को दर्ता प्रक्रिया लाई अगाडी बढाउदै नेपाली माझ लैजाने र नेपाली हरुको हक हित र संरक्षण लागि एक हुने कुरा समेत एक साथ प्रतिबद्दता व्यक्त गरेका छन् स्मरण रहोस म्यादी समाज अन्य युरोपियन देश हरुमा समेत बिस्तार भएको छ .
कार्य समिति को नाम यस प्रकार रहेको छ
अध्यक्ष्य > खगेन्द्र बुढाथोकी
उपाध्यक्ष > राज कुमार के सी
सचिब > दिनेश बनिया
कोषाध्यक्ष > रमेश पौडेल
सह सचिब > दिपक के सी
सह कोषाधक्ष्य > सेर बहादर पुर्जा
सदस्य हरु
कृष्ण पन
रबिन्द्र प्रसाद पुन
पदम पुन
अविन श्रेस्ठ
खगेन्द्र प्रसाद तुलाचन
रुपेश राम्झाली
बिराज भट्टचन
मान रोक्का
मञ्जु के सी
सरोज के सी
धन पुन
सलाहकार
लाल बाहादुर केसी
निर्मल श्रेष्ठ
सन्त बाहादुर क्षेत्री
गणेश बानिया
लक्ष्मण पुन
स्रोत > सस्थाको जानकारी
दिपक के सी
दिनेश बानिया

Friday, March 25, 2011
राजदुतावासको लागि माग का साथ तेस्रो कार्यक्रम इश्वर रेग्मी ओमान
राजदुतावासको लागि माग का साथ तेस्रो कार्यक्रम
सगरमाथा समुहले पटक पटक राज्दुतावासको माग गर्दै बिभिन्न कार्यक्रम मार्फत सम्बन्धित निकायहरुलाई ध्यान आकर्सन गराउने दबाब पूर्ण कार्यक्रम गरयको समाजका अध्यक्छ्य सागर अधिकारि बताउदछन । यहाँ जती सुकै सस्थाहरु खुले पनि राज्यको ध्यान आकर्सित गर्ने कार्यक्रम कतैबाट पनि नदेखियकाले हामी लेनै काम्सुरु गर्नु पर्छ भनेर लागि पर्यौ र नेपालमा गयर पत्रकार सम्मेलन गरी ओमान्को समस्या, सरकारको अनुपास्थिती,ओमान राज्य र ओमानमा नेपालीहरुको अवस्था बारेमा मिडिया मार्फत विश्व भरी अबगत गराउन सफल भऔ । यसै गरी हाम्रो लक्छ्य भनेको कुन्नितिक नियोगको उपस्थिती अपरिहर्य रहेकोछ र तेसैमा हाम्रो हरेक पटकको आयोजित कार्यक्रमले दबाबको काम गर्नेछ र छिटो नै यो राज्यमा नेपाली कुटनिटिक नियोग स्थापना हुने कुरामा हामी विश्वाशथ छौ ।
अबस्य पनि बालक रुदा मात्र आमालाई थाहा हुन्छ बच्चा भोकायछ भनेर । हो अब्स्य पनि आफ्नोलागी आँफैले आवज उठाउनु पर्छ सुतेकालाई जगाउनु पर्छ तब मात्र थाहा हुन्छ के भेइरहेछ भन्नेकुराको जानकारी। सगरमाथा समुहले जस्तै गरी अन्य संघ सस्थहरुले पनि यक जुट भयर सामुहिक सम्स्या सम्झेर अगाडि बद्न सके छिटोभन्दछिटो राज्यको उपस्थिती ओमान्मा हुनेछ र कानुनी रुप्बाट परेका सम्स्या समाधानको लागिसहज र सुलब बातावरण मिल्नेछ।
यही कुरालाई आधार मानेर आउदो अप्रिल ८ सुकवार अन्तर नेपाली न्रित्य प्रतियगिता को साथमा अन्य बिभिन्न कार्यक्रम साथमा आयोजना गरेको सगरमाथा समुहले जनकारी गरायकोछ।
इश्वर रेग्मी
ओमान

Sunday, February 20, 2011
UNITED NEPALESE DEMOCRATIC FORUMको- प्रेश विज्ञप्ती
संयुक्त राज्य अमेरिकाको न्यु योर्क राज्यमा सन २००६ मा स्थापना भएको नाफारहित गैह् राजनितिक संस्था UNITED NEPALESE DEMOCRATIC FORUM ले मानव अधिकारको रक्षा नेपाली संस्कृतिको जर्गेना गर्दै नेपाल तथा अमेरिकामा रहेका नेपालीहरुलाई आफनो क्षमता अनुसार सहयोग गर्दै आईरहेको साथै विभिन्न समयमा रक्तदान कार्यक्रम गरि अमेरिकी रेडक्रसलाई समेत सहयोग गर्दै यस राज्यमा क्रियासिल भई रहेको तपाई हामीलाई सर्वविधितै छ । आज यस संस्था आफनो कार्यकालको पाँचौ वर्षमा आईपुग्दा आफनो दोस्रो साधारण सभाको संधारमा आइपुगेका कुरा तपाईहरुलाइ जानकारी गराउन पाउदा हामीले गौरव महसुस गरेका छौ।
UNDF को Oct. ३१ २०१० गते सम्पन्न भएको सत्रौ कार्यकारणी समितिको बैठकको निर्णय वमोजिम आगामि March १३ २०११ को दिन यसै न्यु योर्कको Queens सहरको woodside स्थित सगरमाथा रेष्टुरेन्टमा हामो गोरवमयी संस्थाको दास्रो सधारण सभा गर्ने निर्णय भइ Feb ०६ २०११ गतेको अठारौ वैठकले उक्त साधारण सभालाई भव्य रुपमा सम्मन्न गर्नको लागि तपसिल बमोजिमको विभिन्न ४ वटा समितिहरु गठन गरेको समेत जानकारी गराउन चाहन्छु ।
१. आर्थिक समितिः
सन्जय थापा संयोजक
विराट अधिकारी सदस्य
केशव लामा सदस्य
अर्जँन सिह सदस्य
लक्यन लामा सदस्य
२. प्रचार प्रशार समितिः
सिता खरेल संयोजक
पेम्वा लामा सदस्य
बिन घले सदस्य
सोमेन्द्र रंजित सदस्य
राधाकृष्ण देउजा सदस्य
३. व्यवस्थापन समितिः
टेक गुरुड संयोजक
फुरी शेर्पा सदस्य
बिधा वराल सदस्य
अमृतलाल श्रेष्ठ सदस्य
रोशन गुरुड सदस्य
४. बिधान नियमावलि संसोधन मस्यौदा समितिः
दुर्गा भुर्तेल संयोजक
बाबुराम देवकाटा सदस्य
भिमलाल पन्त सदस्य
कुन्ती थापा सदस्य
लिला अधिकारी सदस्य
शैलेष श्रेष्ठ सदस्य
मंगलदास श्रेष्ठ सदस्य
अन्तमा हामी यस न्यु योर्क राज्यमा रहनु भएका सम्पूर्ण न्याय प्रमी सामाजिक भावना भएका आदरणिय नेपाली दाजु भाई दिदी वहिनीहरुलाई यस सस्थाको नियमपुर्वक सदस्यता ग्रहण गर्नको लागि हार्दिक आवहान गर्दछौ "आउनुहोस हाम्रो सामाजिक भावनामा हातेमालो गरौ मानव मात्रको हित रक्षको खातिर कृयासिल वनौ" ।
नया सदस्यता प्राप्त गर्ने र पुराना सदस्यहरुको नविकरण गर्ने समय हामीले साधारण सभाको बन्द सत्र सुरु हुनु पुर्व सम्मको समय निर्धारण गरका छौ र साधारण सभाको उद्धाटन समारोहमा हामी सम्पूर्ण संस्था तथा न्यायप्रेमी जनसमुदायलाई हार्दिक आमन्त्रण पनि गर्दछौ । उद्धाटन समारोहको कार्यक्रम निम्न वमोजिम हुने छ ।
मितिः मार्च १३, २०११
समयः दिनको १२:०० वजे
स्थानः Sagarmatha Restaurant
62 - 02, Roosvelt Avenue,
Woodside, NY 11377
सन्जय थापा
महासचिव
UNDF, NY Feb. १९, २०११

Monday, January 17, 2011
जन सम्पर्क समिति पोर्चुगलको प्रथम अधिबेशन सम्पन्न
नेपाली जन सम्पर्क समिति पोर्चुगल, क्षेत्रीय समिति आल्गार्वको प्रथम अधिबेशन अल्गार्व निवासी नेपाली दिदिबहिनि दाजुभाईहरु तथा नवआगन्तुक उत्साही एबम् जुझारु युवाको अत्यन्त उत्साहजनक र सकृय सहभागिता सहित हालै पोर्चुगलको दक्षिणमा अवस्थित सुन्दर पर्यटकीय तटिय नगरि आल्बुफेरामा भब्यतापुर्बक सम्पन्न भएको छ।
अधिबेशनले चोलाकान्त अर्यालको अध्यक्षतामा सोह्र सदस्यीय क्षेत्रीय समितिको चयन गरेको छ। समितिको उपाध्यक्षमा थमन काउछा, सचिबमा ठाकुर प्रसाद गुरुङ, सहसचिबमा बिशाल अर्याल, कोषाध्यक्षमा पूजा थापा र सदस्यहरुमा क्रमस: श्रीमती आशा खनाल, श्रीमती कुमारी राना मगर, श्रीमती सबिना पाण्डे , श्रीमती नितु के सी, श्रीमती गीता पोख्रेल, सन्त बहादुर राउत, बिजय सुबेद , राजन प्रसाद बस्याल, जंग बहादुर गुरुङ (बिकाश ), शिव थापा र श्रीमती बिहाफी महतो रहनु भएको छ ।
सोहि अधिबेशनले प्रल्हाद थापा, पुष्प राज गुरुङ, नरेन्द्रनाथ ढकाल, रेशम राना मगर, सरोज पुन, नारायण सिंह थापा रहेको छ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ। शिव थापाको संचालन र जन सम्पर्क समिति पोर्चुगलका केन्द्रीय उपाध्यक्ष दिनेश शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनसम्पर्क समिति पोर्चुगलका कार्यवाहक सभापति राज कुमार गौतमले पठाउनु भएको शुभकामना संदेश पढेर सुनाईएको थियो।
ठाकुर गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा टोम प्रसाद भट्टराईले जनसम्पर्क समितिका बिबिध कार्यक्रमहरु बारे प्रकाश पार्नु भएको थियो भने नवागन्तुकहरुको तर्फबाट श्रीमती सबिना पाण्डे र राजन बस्यालले मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको अन्त्यमा दिनेश शर्मा र रामशरण महतोले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
Subscribe to:
Comments (Atom)